जापानलाई २–१ गोलअन्तरले पराजित गर्दै ब्राजिल अन्तिम १६ मा
NEWS DESK
Jun-30 तारिख 05:45 बेलुका

फिफा विश्वकप–२०२६ अन्तर्गत राउण्ड अफ ३२ को रोमाञ्चक प्रतिस्पर्धामा ब्राजिलले जापानलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको ह्युस्टनस्थित खेल मैदानमा सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो।

जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ब्राजिलका कासेमिरोले ५६औँ मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

निर्णायक गोल भने दोस्रो हाफको अतिरिक्त समयमा गाब्रिएल मार्टिनेलीले गरे। उनको गोलसँगै ब्राजिलले २–१ को जित निकाल्दै विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुनिश्चित गरेको हो।

धेरै पढिएको