NEWS DESK
चितव । नारायणी पुलमा सवारी साधनको आवातजावत खुला गरिएको छ । घण्टौंदेखि बन्द गरिएको पुलमा शुरुमा साना सवारी साधन र अत्यावश्यक सवारीलाई मात्रै आवतजावत गर्न दिइएको थियो । अहिले भने अन्य सवारी साधनलाई पनि वारपार गर्न दिइएको हो ।
बाढीले बगाएको क्रुजसिप पुलमुनि गएर अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा आवागमन बन्द गरिएको थियो ।
पुल बन्द हुँदा आफ्नो गन्तव्यतर्फ हिँडेका हजारौं यात्रु र सवारी साधन बीच बाटोमै रोकिएका थिए । भरतपुरको नारायणगढतर्फ र नवलपुरको गैंडाकोटतर्फ यात्रु तथा पुलको अवस्था हेर्न आउनेको भिड लागेको थियो ।