NEWS DESK
बाँस्कोटाले खुलामञ्च, काठमाडौंस्थित निर्वाचन क्षेत्रबाट खस आर्य महिला समूहअन्तर्गत क्रम संख्या २२ मा उम्मेदवारी दर्ता गराएकी हुन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि आज बिहान १० बजेदेखि मतदान सुरु हुँदैछ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा मतदान केन्द्र तोकिएको छ भने अन्य प्रदेशका प्रतिनिधिका लागि खुलामञ्चमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।
खुलामञ्चमा कोशी प्रदेश (तराई–मधेसबाहेक), मधेस, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले सम्बन्धित मतदान केन्द्रमा उपस्थित भएर मतदान गर्न महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यलाई आग्रह गरेको छ। मतदानस्थलमा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ भने निर्वाचन आचारसंहिताले निषेध गरेका वस्तु प्रवेश गराउन नपाइने समितिले जनाएको छ।