नेपाली कांग्रेसको श्रमिक कोटाबाट क्रमसंख्या १ मा गायक कृष्ण रेउलेको केन्द्रीय सदस्यमा उम्मेदवारी
NEWS DESK
Oct-08 तारिख 07:11 बिहान

काठमाडौं,नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चर्चित लोक तथा दोहोरी गायक कृष्ण बहादुर रेउलेले श्रमिक कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन । उम्मेदवारको सूचीमा क्रमसंख्या १ मा रहेका रेउलेले श्रमिक, कलाकार र युवाको आवाज पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यसहित आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

सल्यानबाट संघर्ष गर्दै नेपाली लोक तथा दोहोरी संगीतको क्षेत्रमा स्थापित भएका रेउलेले देशभित्र मात्र नभई विश्वका विभिन्न मुलुकमा समेत आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन्। लामो समयदेखि लोक तथा दोहोरी क्षेत्रमा सक्रिय रहँदै आएका रेउलेले कलाकारिता र सामाजिक गतिविधिसँगै राजनीतिक यात्रालाई समेत अघि बढाउँदै आएका छन्।

श्रमिक वर्गको प्रतिनिधित्व गर्दै कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्यसहित उम्मेदवारी दिएका रेउलेले श्रमिक, कलाकार र युवाका सवाललाई पार्टीको नीति तथा निर्णय निर्माणको तहसम्म प्रभावकारी रूपमा उठाउने बताएका छन्। उनको उम्मेदवारीलाई राजनीतिक नेतृत्वमा सांस्कृतिक तथा श्रमिक क्षेत्रको प्रतिनिधित्व बढाउने प्रयासका रूपमा लिइएको छ।

उम्मेदवारीसँगै रेउलेले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, नेता कार्यकर्ता, शुभेच्छुक तथा समर्थकसँग आफूलाई साथ, समर्थन र मत दिएर विजयी गराउन आग्रह गरेका छन । उनले आफूलाई विश्वास गरेर केन्द्रीय सदस्यमा निर्वाचित गराए श्रमिक, युवा तथा कलाकार समुदायका विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन।

रेउलेले आफू निर्वाचित भए युवाको सुझावलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन्। युवाको सोच, अपेक्षा र सुझावलाई पार्टीको निर्णय प्रक्रियासँग जोड्दै उनीहरूकै सल्लाहअनुसार आफू अघि बढ्ने उनको भनाइ छ। पार्टीमा नयाँ पुस्ताको सहभागिता र भूमिकालाई थप बलियो बनाउन आफूले पहल गर्ने उनले बताएका छन्।
सल्यानबाट सांगीतिक क्षेत्रमा संघर्ष गर्दै अघि बढेका रेउलेले लोक तथा दोहोरी गायनमार्फत आफ्नो छुट्टै पहिचान बनाएका छन्। नेपाली लोकसंगीतका विभिन्न मञ्च हुँदै देश विदेशमा प्रस्तुति दिँदै आएका उनी नेपाली समुदायबीच पनि परिचित कलाकारका रूपमा स्थापित छन । संघर्षबाट अघि बढेको आफ्नो सांगीतिक यात्रालाई राजनीतिक तथा सामाजिक सेवासँग जोड्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको रेउलेको भनाइ छ।

उनको उम्मेदवारीसँगै कांग्रेसका युवा कार्यकर्ताहरू पनि प्रचारप्रसारमा सक्रिय भएका छन । रेउलेलाई विजयी गराउन कांग्रेसनिकट युवा पंक्ति विभिन्न माध्यमबाट मत माग्ने अभियानमा जुटेको समर्थकहरूको भनाइ छ। उनीहरूले श्रमिक, युवा र सांस्कृतिक क्षेत्रको आवाज पार्टीको केन्द्रीय तहमा पुर्‍याउन रेउलेको उम्मेदवारी महत्वपूर्ण रहेको बताउँदै आएका छन्।

रेउले भने आफ्नो अभियानलाई कुनै एउटा समूह वा क्षेत्रसम्म सीमित नराखी कांग्रेसका सबै महाधिवेशन प्रतिनिधिको विश्वास र समर्थन प्राप्त गर्ने प्रयासका रूपमा अघि बढाएका छन्। आफू निर्वाचित भए पार्टीको नीति निर्माणमा श्रमिक वर्गका समस्या, युवाको अपेक्षा तथा कलाकारिता क्षेत्रका सवाललाई प्राथमिकताका साथ उठाउने उनको प्रतिबद्धता छ।

कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पेशा, क्षेत्र र समुदायबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी परेको छ। यही क्रममा लोक तथा दोहोरी क्षेत्रबाट परिचित रेउलेले श्रमिक कोटाबाट क्रमसंख्या १ मा उम्मेदवारी दिएका हुन्। उनले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको प्रयासभन्दा पनि श्रमिक, युवा, कलाकार तथा आमकार्यकर्ताको आवाज नेतृत्व तहसम्म पुर्‍याउने अवसरका रूपमा प्रस्तुत गरेका छन्।

रेउलेले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै मत प्रदान गर्न आग्रह गर्दै आफूलाई निर्वाचित गराए युवाको सल्लाह र सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने पुनः प्रतिबद्धता जनाएका छन ।

धेरै पढिएको